बर्दियाको गेरुवा गाउँपालिका–३ शान्तिबजारमा रहेको न्यू कालिका कृषि उपज फार्ममा आगलागी भएको छ । विद्युत लाइन सट भई भएको आगलागीमा १ सय २८ बाख्रा जलेर मरेका फर्मका संचालक बिजय चलाउनेले बताए । उनका अनुसार आगलागीबाट ८० लाख रूपैयाँ बराबरको क्षति भएको छ ।
आगलागीबाट फार्ममा रहेका बाख्रासँगै दाना, खोर र औषधिसमेत जलेर नष्ट भएका छन् ।
करिब ३ घण्टाको प्रयासमा प्रहरी र स्थानीयवासी मिलेर आगो नियन्त्रणमा लिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्रबहादुर खड्काले बताए ।


