पूर्वी पहाडी जिल्ला संखुवासभामा २ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । भारतबाट जेठ १३ गते नेपाल आएका खाँदबारी नगरपालिका –९ तुम्लिङटारस्थित क्वारेन्टाइनका २ पुरुषलाई कोरोना पुष्टि भएको हो । दुबैजना रुपन्देहीको सुनौली नाकाबाट उद्धार गरेर संखवासभाको क्वारेन्टाइनमा राखिएको थियो ।
कोसी अस्पताल विराटनगरमा स्वाब परीक्षण गर्दा दुवैमा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रवक्ता रोशन श्रेष्ठले जानकारी दिए । संक्रमितहरूमध्ये १ जना खाँदबारी नगरपालिका–७ का २३ वर्षीय र पाँचखपन नगरपालिका–१ का २२ वर्षीय पुरुष रहेका छन् । दुबैलाई अस्पताल लैजाने तयारी भैरहेको छ ।


