Banijya News

लोकप्रिय संगीतकार वाजिद खानको निधन

1
1.1K Shares

हिन्दी फिल्मका लोकप्रिय संगीतकार वाजिद खानको निधन भएको छ । ४२ वर्षीय वाजिदको मिर्गौलामा संक्रमण भएर सोमबार बिहान मृत्यु भएको हो ।

वाजिदको केही समयअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसपछि उनको मिर्गौलामा संक्रमण देखिएको थियो । पछिल्लो ४ दिनदेखि उनी मुम्बईको एउटा अस्पतालमा भेन्टिलेटरमा थिए ।

गायक सोनु निगमले वाजिदको निधनबारे इन्डियन एक्सप्रेससँग भनेका छन्, ‘वाजिद गए । अहिले म केही बोल्न सक्दिनँ ।’ सोनु निगमले वाजिदमा कोरोना भाइरसको पनि संक्रमण देखिएको बताएका छन् ।

साजिद–वाजिदको जोडी बलिउडमा खुब लोकप्रिय थियो । उनीहरु दाजुभाइ हुन् । उनीहरु प्रख्यात तबलावादक उस्ताद शराफत अली खानका छोरा हुन् । उनीहरुले सन् १९९८ मा सलमान खानको ‘प्यार किया तो डरना क्याु बाट करिअर सुरु गरेका थिए । त्यसपछि उनीहरुले ‘गर्भ ‘तेरे नाम, ‘पार्टनर, ‘दंबग सिरिजजस्ता दर्जनौं फिल्ममा संगीत दिएका थिए । यस वर्षको इदमा यो जोडीद्वारा संगीतबद्ध ‘भाइ भाइ,’ गीत सलमानले गाएका थिए ।

वाजिदले सन् २००८ बाट व्यावसायिक गायन थालनी गरेका थिए । उनका ‘हुड हुड दबंग’, ‘जल्वा’, ‘फेभिकोल से जस्ता गीत चर्चित छन् । 

1

Scroll to Top