नवलपरासी पूर्वमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बुलिङटार गाउँपालिका ठेगाना भई कपिलबस्तु जिल्ला, बाडगंगा नगरपालिका स्थित शिद्धार्थ क्याम्पसको क्वारेन्टाइनमा रहृेका १६ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले बताएको छ । उनको अहिले चितवनको कोरोना अस्पतालमा उपचार भैरहेको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३८ पुगेको छ ।


