२२ जेठ, काठमाडौं ।
सुनसरीको धरानस्थित एक घरमा आगलागी हुँदा आगलागीमा परि आमा छोरीको मृत्यु भएको छ । सुनसरीको धरान उपमहानगरपालिका-१७ मा रहेको नरबहादुर श्रेष्ठको घरमा आगलागी हुँदा आमा छोरीको मृत्यु भएको हो। आगलागीका कारण नरबहादुरको काठको घर जलेर नष्ट भएको छ ।
ग्यास चुहिएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको भए पनि प्रहरीले यसबारे अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । आगो नियन्त्रणका लागि धरान उपमहानगरको दुई वटा दमकल, प्रहरी र स्थानीयबासी जुटिरहेका छन् ।


