बबिना किराँतीको पहिलो एल्बम चरी भए भुरुरु… बजारमा आएको छ । किराँती संगीत क्षेत्रमा एउटा छुट्टै पहिचान बनाएर उदाउदै गरेको एक बहुप्रतिभाशाली कलाकार हुन् ।
पप र रक गितलाई आफ्नै शैलिमा न्याय गर्न सक्ने उनको खुबीलाई सबै दर्शकहरुले रुचाएका छन् । आफ्नो छुट्टै पहिचान स्थापित गरेका बबिनाले यस गित मार्फत आफ्नो चर्चालाई थप उचाईमा पु¥याउदै अर्को जादु नै गरिन ।
कहिल्यै पुर्बेली गितमा नसुनिएका बबिना यश गितमा भने आफ्नै शैलिमा मारुनी भाकामा पुर्बेली गितलाई न्याए मात्र गरिन अभिनयमा समेत आफुलाई अब्बल रहेको साबित गरिन ।
दर्शक श्रोताहरुले गायकी सङ्गै अभिनयमा पनि खोज्न थालेका छन । जस्तो गितलाई पनि आफ्नै शैलिमा गाउन सक्ने श्रोताहरुको मन जित्न सक्ने बहु प्रतिभाशाली कलाकार बबिना किराँतीको ब्यस्तता अहिले ह्वात्तै बढेको छ ।
स्वदेश तथा बिदेश तिर स्टेज कार्यक्रमहरु र स्टुडियो तिर ब्यस्त हुने बबिनाले फेरि यश गितको सफलता पछि पुन चरी भए भुरुरु भाग २ छिट्टै बजारमा ल्याउदैछिन । चरी भए भुरुरुको सम्पुर्ण युनिटले नै भाग २ मा पनि काम गर्नेेछन भने डी आर अटु कै शब्द सङ्गीत रहनेछ ।


