कुवेतबाट तीन सय नेपाली महिला विहीवार स्वदेश फकिदैछन् । कुवेत कै जजिरा एयरलाइन्सका दुई जहाजले नेपाली महिला कामदार लिएर नेपाल आउँदै गरेका नागरिक उड्यान प्राधिकरणले जनाएको छ । दुबै विमान स्थानीय समयअनुसार बिहान ११ः३० र दिउँसो १ः३० बजे काठमाडौं आइपुग्ने छन् ।
त्रिभुवन विमानस्थलमा अवतरणपछि उनीहरुलाई नेपाली सेनाले प्रदेश अनुसार होल्डिङ सेन्टरमा लानेछ । उनीहरु १४ दिन सरकारले निर्धारण गरेको क्वारेन्टिनमा बस्नुपर्ने छ ।


