Banijya News

नेपाल फिफाको वरीयतामा एक सय ७० औं स्थानमा

1
1.1K Shares

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल एक  सय ७० औं स्थानमा यथावत रहेको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा अघिल्लौ स्थानमा परेको हो । कोरोना माहामारीका कारण विश्वभर अन्तराष्ट्रिय फुटबल रोकिएपनि फिफाले वरियता भने सार्वजनिक गरेको हो । जसमा सबै मुलुकको वरियता यथावत राखिएको हो ।

भारत दक्षिण एसियाको सबैभन्दा माथि रहँदा माल्दिभ्स दोस्रो र नेपाल तेस्रो स्थानमा छ । भारत १ सय ८ र माल्दिभ्स १ सय ५५ औं स्थानमा छ । नेपाल पछि बंगलादेश १ सय ८७ औ, भुटान १ सय ८९ औ, पाकिस्तान २ सयौ र श्रीलंका २ सय ६ औ स्थानमा छन् । फिफाको वरीयतामा बेल्जियम शीर्ष स्थानमा रहँदा फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा छन् ।

1

Scroll to Top