Banijya News

राष्ट्रिय सहकारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः गुरागाईं

1
1.1K Shares

राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सिए बद्रीकुमार गुरागाईं पुन: चार वर्षका लागि नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बुधबार बसेको ‘भर्चुअल’ बैठकले गुरागाईंको कार्यकाल पुनः चार वर्ष थप गर्ने निर्णय गरेको हो । बुधबार बैंकका अध्यक्ष केबी उप्रेतीको अध्यक्षतामा बसेको बैठकले गुरागाईंलाई निरन्तरता दिने निर्णय गरेको हो । भर्चुअल बैठकले बैंकले जेठ मसान्तसम्म बुझाउनु पर्ने किस्ताको ब्याज म्याद भित्रै बुझाए १० प्रतिशत छुट दिने भएको छ। असार १ देखि बचत तथा कर्जामा २ प्रतिशतसम्म ब्याज घटाउने निर्णय गरेको छ।

1

Scroll to Top