काठमाडौं । लकडाउनले व्यवसाय ठप्प भएपछि देशभरका १ सय ५६ होटलहरु क्वारेन्टिन बन्न इच्छुक देखिए । सरकारले पनि विदेशबाट उद्धार गरी ल्याएका नागरिकलाई राख्न आवश्यक क्वारेन्टिन स्थल तोक्यो । यद्यपी संघले उपलब्ध गराएको होटलमा अहिलेसम्म १ जना पनि क्वारेन्टिन बस्न आएका छैनन् । होटलको लागत बढी हुने र बिदेशमा समस्यामा परेर आएकाहरु होटलमा नबसेका हुन् ।
यद्यपी सरकारले माग गरेको नाम लिष्ट भने होटल संघ नेपालले सार्बजनिक गरेको छ । हालसम्म उल्लेखित होटलको नाम आएको र अन्य क्षेत्रीय संघ तथा इच्छुक होटलहरुको नामावली आए अद्यावधिक गरिने संघले जनाएको छ ।
यसरी क्वारेन्टिन बन्न राजधानी चितवन र लुम्बिनीका १ सय ५६ होटल इच्छुक रहेको होटल संघ नेपालले जनाएको छ । संघका अनुसार ठमेलका ३०, राजधानीका अन्य स्थानमा रहेका ५७, चितवनका २६ र लुम्बिनीका ४३ होटल क्वारेन्टिन बन्न इच्छुक देखिएका हुन् ।
संघका अनुसार उपलब्ध नामावली सूचीमा रहेका चारतारे होटलमा क्वारेन्टिन बस्न प्रतिव्यक्ति ८ हजार रुपैयाँ तिर्नुपर्नेछ । यसैगरी, तीनतारेमा प्रतिव्यक्ति ६ हजार, दुईतारेमा ५ हजार, एकतारेमा ४ हजार तथा पर्यटक स्ट्यान्डर्ड होटलमा बस्न प्रतिव्यक्ति प्रतिरात ३ हजार रुपैयाँ तिर्नुपर्नेछ । ट्विन सेयरिङमा भने उल्लेखित दरभन्दा केही सस्तो पर्नेछ ।
यी हुन् क्वारेन्टिन बन्न इच्छुक होटलहरुको सूचीः


