Banijya News

क्वारेन्टाइनमा महिला बलात्कार, तीन आरोपित पक्राउ

1
1.1K Shares

कैलालीको लम्कीचुहा नगरपालिका–१ पूर्वलम्कीमा रहेको शहिद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेकी एक महिलामाथि बलात्कार भएको छ । बलात्कृत महिलाले शनिबार १२ बजेतिर क्वारेनटाइनमा स्वयंसेवकका रुपमा खटिएका तीनजनाले आफूलाई बलात्कार गरेको जाहेरी दिएकी छिन् । जाहेरीपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।


जेठ २० गते गौरीफन्टा नाकाबाट आएर शहिद स्मृति माध्यामिक विद्यालय लम्कीको क्वारेनटाइनमा बस्दै आएकी थिइन् । क्वारेन्टाइनमा कसेकै समय तीनजना स्वंमसेवकले आफूलाई पालैपालो बालात्कार गरेको आरोप लगाएकी छिन् ।


लम्कीचुहा नगरपालिकाकी महिलाको खवर बाहिरिएसँगै स्थानीयले वडा कार्यलय तोडफोड गनुृका सथै प्रदर्शन समेत गरेका थिए । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

1

Scroll to Top