Banijya News

प्रदेश १ सरकारले ४० अर्बको बजेट, खर्च धान्न ५ अर्ब नेपाल सरकारसित माग्ने

1
1.1K Shares

प्रदेश १ सरकारले आर्थिक वर्ष २०७७÷०७८ का लागि रु. ४० अर्ब ८९ करोड ९९ लाख ४७ बजेट ल्याएको छ । बजेट प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले सोमबार प्रदेशसभा बैठकमा प्रस्तुत गरेका हुन् ।
कुल विनियोजनमध्ये चालु तर्फ रु. १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार अर्थात् ४६ दशमलव २९ प्रतिशत र पुँजिगत २१ अर्ब ९२ करोड ५० लाख ४ हजार अर्थात् ५३ प्रतिशत रहेको छ ।
प्रदेश सरकारले खर्च आवश्यकता पूरा नहुने भएकाले रु. ५ अर्ब अन्तर सरकारी वित्त व्यवस्था ऐन २०७४ ले व्यवस्था गरेबमोजिम नेपाल सरकारसँग ऋण लिएर पूर्ति गर्ने भएको छ ।
वित्तीय व्यवस्थापन तर्फ रु. ४ करोड । अन्तर सरकारी वित्तीय हस्तान्तरणका लागि रु. २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षको खर्च व्यवस्थापन आन्तरिक स्रोत ४ अर्ब ७५ करोड ७ लाख ४७ हजार, राजश्व बाँडफाँटबाट रु. १० अर्ब ३ करोड ५४ लाख, अनुदानबाट रु. १५ अर्ब ११ करोड ३८ लाखले बोहोरिने मन्त्री आङ्बोले जनाएका छन् । सरकारको नगद मौज्दात ६ अर्ब रहने अनुमान गरिएको छ ।

कृषिमा ३ अर्ब ८३ करोड १६ लाख रुपैयाँ विनियोजन
प्रदेश १ सरकारले कृषि तथा पशुपालनका लागि ३ अर्ब ८३ करोड १६ लाख बजेट विनियोजन गरेको छ । आगामि आर्थिक वर्ष २०७७÷०७८ का लागि प्रदेशसभामा आज आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोद्वारा प्रस्तुत बजेटमा कृषि तथा पशुपालनका लागि ३ अर्ब ८३ करोड १६ लाख रुपैयाँ बजेट छुट्याएका हुन् ।
बजेट भाषणका क्रममा मन्त्री आङ्बोले पहाडी क्षेत्रलाई माटो सुधार, मुख्य खाद्यान्न वाली मकै, गहुँ, धानको उत्पादकत्व बढाउनका लागि उन्नत मल बिउको उत्पादन प्रबद्र्धन गरिने, कृषिमा व्यक्तिलाई अनुदान रकमलाई निरुत्साहित गर्दै समुदाय र सहकारीमा आधारित कृषि कार्यक्रमलाई प्राथमिकता दिने उल्लेख गरे ।

यस्तै, प्रदेशलाई अग्र्यानिक बनाउन ९ करोड ८४ लाख बजेट छुट्याइएको छ भने धूलो दूध कारखानाका लागि १३ करोड, कृषि यान्त्रीकरणका लागि साना कृषि यन्त्रहरू उपलब्ध गराउन ६ करोड बजेट विनियोजन गरिएको छ ।

1

Scroll to Top