Banijya News

नवलपरासीमा ७ बर्षिय बालिका सहित २ जना कोरोना संक्रमित

1
1.1K Shares

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा ७ बर्षिय बालिका सहित २ जना कोरोना संक्रमित थपिएका छन् । भारतबाट अभिभावकसँगै आएकी दुई बर्षिय बालिका सहित अर्का ५२ बर्षिय पुरुष कोरोना संक्रमित भएका हुन् ।
शनिबार प्रतापपुर गाउँपालिकामा ९ का ५२ बर्षिय पुरुष र पाल्हीनन्दनकी ७ बर्षिया बालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
उनको आरडिटि परिक्षणको क्रममा पोजेटिभ देखिएपछि स्वाब संकलन गरि पिसिआर परिक्षणका लागी शनिबार प्रादेशिक प्रयोगशाला भैरहवामा पठाईएको थियो । उनको रिपोर्ट आउँदा कोरोना पेजेटिभ देखिएको हो ।
कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । सुस्ता गाउँपालिकामा २१ जना, पाल्हीनन्दनमा १३ जना, प्रतापपुरमा ६ जना, सुनवलमा ६ जना, रामग्राममा ३ जना, बर्दघाटमा २ र सरावलमा १ जना संक्रमित भेटिएका हुन ।

1

Scroll to Top