१० असार, काठमाडौं ।
हलिउड निर्माता स्टीव बिंगले २७ तल्लामाथिबाट हामफालेर आत्महत्या गरेका छन् । ५५ वर्षिय स्टीवले आँफु बस्दै आएको अमेरिकाको लस एन्जलस स्थित सेन्चुरी सिटीको लक्जरियस अपार्टमेन्टबाट हाम फालेर आत्महत्या गरेको नवभारत टाइम्सले जनाएको छ ।
कोरोना भाइरसको उपचारार्थ आइसोलेशनमा बसिरहेका कारण उनमा निराशा छाएको थियो ।
स्टीवले ‘गेट कार्टर’, ‘एवरी ब्रेथ’, ‘द पोलर एक्सप्रेस’ लगायतका चलचित्र निर्माण गरेका थिए।


