सर्लाहीको धनकौल गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार झडपमा गोली चल्दा १८ जना घाइते भएका छन् ।
आइतबार राति भएको झडपमा नेकपाका १५ र कांग्रेसका ३ कार्यकर्ता घाइते भएका छन् । झडपमा २ जना प्रहरीसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले बताएको छ ।
झडप नियन्त्रणमा लिन प्रहरीले ४ राउण्ड आश्रुग्यास प्रहार गरेको थियो । घटनास्थल अहिले शान्त रहेको र त्यहाँ व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।


