Banijya News

सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’ सित्तैमा हेर्न पाइने

1
1.1K Shares

असार १७, काठमडौं ।
बलिउड चर्चित अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम फिल्म ‘दिल बेचारा’ सित्तैमा हेर्न पाईने भएको छ । सुशान्त सिंहको अन्तिम फिल्मका निर्माताले उनका फ्यानका लागि स्पेसल सरप्राइज दिने भएका हुन् ।


सुसान्तको आत्महत्याबाट भएको निधनबाट उनका शुभचिन्तक तथा उनका फ्यान धेरै दुःखी भएको भन्दै उनले निर्माताले यस्तो घोषणा गर्ने भएका हुन् । फिल्म ‘दिल बेचारा’ जुलाई २४ मा डिजिटल प्लेटफर्ममार्फत रिलिज हुँदैछ । लभस्टोरी फिल्म दिल बेचारामा सुशान्तको साथमा सञ्जना संघी छिन् ।


फिल्मकी मुख्य अभिनेत्री सञ्जना संघीले सोसल मिडियामा फिल्मको पोस्टर सेयर गर्दै यसको रिलिज डेट घोषणा गरेकी छन् । फिल्म सब्सक्राइबर र नन् सब्सक्राइबर दुवैले हेर्न सक्ने छन् । फिल्म डिज्नी प्लस हटस्टारमा रिलिज हुनेछ । फिल्मको निर्देशन मुकेश छाबडोले गरेका हुन् ।

1

Scroll to Top