Banijya News

पहिरोले पुरिँदा १ जनाको मृत्यु

1
1.1K Shares

१९ असार, काठमाडौं ।

बिहीबार रातीदेखिको मुसलधारे पानिले गर्दा गुल्मीको मुसिकोट नगरपालिकामा पहिरो गएको छ । सो पहिरोमा परी १ जनाको मृत्यु भएको छ । मृत्यु हनेमा मुसिकोट, २ का स्थानीय ६० वर्षीय भागिरथ घिमिरे रहेका छन् ।

वडा नम्बर २ का अध्यक्ष लक्ष्मण खत्रीका अनुसार साँझ गाउँकै होटलमा गएका खत्री पानी परेपछि घर फर्किन नसेकर होटेलमै बास बसेकामा वडा नम्बर २ को दर्लुङ हाडिखोलामा पहिरो जान थालेपछि होटल धनि हरिबहादुर घिमिरे र उनको परिवारले ज्यान जोगाउन सके पनि खत्रीलाई भने पहिरोले पुरेको थियो ।

खत्रीको शव अहिले पनि पहिरोभित्रै रहेको र घटनास्थलमा उद्धारको लागि प्रहरी आउँदै गरेको वडाध्यक्ष खत्रीले बताएका छन् ।

1

Scroll to Top