असार १९, काठमाडौं ।
अज्ञात समुहद्धारा ८ प्रहरीको हत्या भएको छ । बिहीबार राती भारतको उत्तरप्रदेशमा पर्ने कानपुर जिल्लामा अज्ञात समुहद्धार आठ प्रहरीको हत्या भएको हो ।
करिब एक बजे अज्ञात समूहले अन्धाधुन्द गोली चलाएको थियो । उक्त समुलले चलाएको गोली लाग्दा एक डिएसपी र तीन इन्सपेक्टर सहित आठ जना प्रहरीहरुको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।
लामो समयदेखि फरार अभियुक्त विकास दुवेलाई पक्रन प्रहरीहरु बिकरु भन्ने गाउँमा गएका थिए । ती प्रहरीहरुलाई घरको छतबाट गोली हानिएको थियो । यो आक्रमणमा अभियुक्त दुवे र उनकै समूहको संलग्नता रहेको भारतीय प्रहरीको दाबी गरेको छ ।


