Banijya News

आफ्ना बिश्वास पात्र सहित नेकपाका दुबै अध्यक्ष बीच बालुवाटारमा वार्ता जारी

1
1.1K Shares


सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा वार्ता जारी छ । पार्टी फुट्न नदिने उपाय खोज्न निर्णायक भनिएको वार्तामा पार्टीभित्र देखिएका विवाद समाधानका लागि भोलिसम्म स्थायी कमिटी बैठक स्थगित गरेका उनीहरूले छलफललाई तीव्रता दिएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर शीतल निवासबाट निस्किएका प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । आइतबार बालुवाटारमा दुई अध्यक्षबीचको छलफलमा दुबै तर्फका अरु नेताहरु पनि सहभागी छन् ।
प्रधानमन्त्री ओलीका तर्फबाट उनीनिकट महासचिव विष्णु पौडेल र प्रदेश नम्बर ५ का मुख्यमन्त्रीसमेत रहेका स्थायी समिति सदस्य शंकर पोखरेल सहभागी छन् ।

1

Scroll to Top