Banijya News

भारतमा एकैदिन झन्डै २५ हजार संक्रमित थपिए

1
1.1K Shares

२१ असार , काठमाडौं ।

छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको छ । भारतमा हालसम्मकै बढी संख्यामा एकैदिन झन्डै २५ हजार संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा भारतमा २४ हजार ८५० नयाँ संक्रमित फेला परेका छन्। सोही अवधिमा ६१३ को मृत्यु भएको जनाइएको छ।

योसँगै भारतमा कुल संक्रमितको संख्या ६ लाख ७३हजार १६५ पुगेको छ। जसमा हालसम्म ४ लाख ९ हजार ८२ ठिक भएर फर्किएका छन् भने २ लाख ४४ हजार ८१४ को उपचार भइरहेको छ। 

भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिल र रसियापछि चौथो स्थानमा रहेको छ ।  एजेन्सी

1

Scroll to Top