२२ असार, काठमाडौं ।
गोदावरी–११ चापागाउँमा कोरोना संक्रमित भेटिएपछि गोदावरी नगरपालिकाले वडा नम्बर १० र ११ का सम्पूर्ण बजार, पसल आजदेखि सिल गर्ने निर्णय गरेको छ। कोरोना संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको पीसीआर परीक्षण भइरहेकोले रिपोर्ट नआउन्जेल बजार सिल गरिएको नगरपालिकाले सूचना जारी गरेको छ ।
गोदावरी नगरपालिकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन पनि नगरवासीलाई आग्रह गरेको छ।


