Banijya News

आज र भोलि देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

1
1.1K Shares

२२ असार, काठमाडौं ।

आज र भोली दुई दिन देशभरका पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ। ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रमका लागि देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिएको छ ।

सरकारले ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न २०५३ सालबाट भिटामिन ए कार्यक्रम सञ्चालन गर्दै आएको छ। जुकाको औषधि भने एक वर्षभन्दा माथिका बालबालिकालाई मात्र दिने गरिन्छ।

सरकारले गएको ६ र ७ वैशाखमै बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने तयारी गरेको थियो।तर कोरोना भाइरसको महामारीका कारण यो कार्यक्रम स्थगित भएको थियो।

सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

1

Scroll to Top