Banijya News

यातायात व्यवसायीले बुझाए बैंकलाई सवारीको चाबी

1
1.1K Shares


यातायात ब्यावसयीले बैंक तथा वित्तीय क्षेत्रलाई सवारीको चाबी बुझाउन थालेका छन् ।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले बैंक तथा वित्तीय संस्थाबाट किस्ता भुक्तानीका लागि ताकेता गरेको भन्दै गाडीका चाबी बैंकलाई बुझाएका छन् ।


पोखराका ब्यावासायीले आज एनएमबी बैंकमा ३०, मुक्तिनाथमा २५, गरिमामा १७ तथा प्राइम बैंकमा १८ गरी ९० गाडीको चाबी बुझाएका हुन । कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दीमा यातायात व्यवसाय लामो समय ठप्प रहेको अवस्थामा समेत बैंकहरुले ऋणको मासिक किस्ता भुक्तानीका लागि दबाब दिएको भन्दै चाबी बुझाएका छन् ।

यातायात व्यवसायी राष्ट्रिय महासङ्घबाट नेपाल सरकार तथा राष्ट्र बैंकसमक्ष हालको विषम् अवस्थामा किस्ता तिर्ने समय न्यूनतम छ महिना थप गर्न आग्रह गरेका छन् । यातायात ब्यवसायीहरुलाई सरकारले बेवास्ता गरेका कारण ब्यवसायीहरु मारमा परेका पृथ्वी राजमार्ग बस ब्यवसायी कमिटीका अध्यक्ष योगेन्द्र बहादुर केसीले बताउनु भयो । न्यूनतम ६ महिना बैंकले सहज भूमिका निर्वाह गरिदिन उहाँको आग्रह छ ।

प्रालिले मातहतका एक हजार ४ सय गाडीकै चाबी बुझाइने तयारी गरेको छ । बैँक तथा वित्तिय संस्थाबाट ७० प्रतिशत र व्यवसायीको ३० प्रतिशत लगानीमा यातायात व्यवसाय सञ्चालन हुँदै आएको छ । देशभर झण्डै साढे तीन लाख यात्रु बाहक तथा ६० हजार मालबाहक सवारी साधन अहिले ठप्प छन् । यसबाट भण्डै १२ लाखले प्रत्यक्ष रोजगारी गुमाएका छन् ।

1

Scroll to Top