Banijya News

लकडाउनले आयस्रोत गुम्दा ऋणलिने बढे, १८ दिनमै देशभर १५ हजार माथिकाको घरजग्गा रोक्का

1
1.1K Shares


२२ असार, काठमाडौं ।

विगत तीन महिनाको लकडाउनका कारण आम्दानी नै गुमेपछि जग्गा धितो राखेर ऋण लिनेक्रम ह्वात्तै बढेको छ । लकडाउनको मोडालिटी परिवर्तन भएसँगै घरजग्गा धितोमा राख्नेकोहरु बैक तथा वित्तीय क्षेत्र धाउन थालेका छन् । कमाईको स्रोत गुम्दैजाँदा आईपर्ने दायित्व पूरा गर्नको लागि ऋणलिने बढेका हुन् ।


व्यापार व्यवसाय शिथिल छ तरपनि व्यवसाय सञ्चालन गर्न, बैङ्कको ब्याज तिर्न, कर्मचारीलाई तलब खुवाउन र कोही घरमा गर्जो टार्नका लागि जायजेथा बैङ्क तथा वित्तीय संस्थामा बन्दकी राख्ने र त्यहाँबाट ऋण निकाल्ने क्रम बढेको हो ।


सरकारले लकडाउनको मोटालिटी परिवर्तन गरी १ असारदेखि कार्यान्वयनमा ल्याएपछिको १८ दिनमामात्रै देशभर १५ हजार १ सय ४२ घर जग्गा रोक्का भएका छन् । मालपोत कार्यालयहरु सञ्चालनमा आएपछि राजश्व संकलनदर उच्च छ । असार १ देखि १८ गतेसम्म १ अर्ब ३२ करोड ४५ लाख ६३ हजार ८ सय ७३ रुपैयाँ राजश्व संकलन भएको छ । दिनप्रतिदिन कारोबार बढ्ने क्रम जारी छ ।


कार्यालय खुलेको पहिलो दिन असार १ गते ३ करोड ४५ लाख रुपैयाँ राजश्व संकलन भएकोमा दोस्रो दिन बढेर ४ करोड ८६ लाख रुपैयाँ पुगेको थियो । यसैगरी तेस्रो दिन ७ करोड ८ लाख रुपैयाँ र चौथो दिन ९ करोड ५१ रुपैयाँ राजश्व संकलन भएको थियो । १८ दिनमा ७५ वटा अपार्टमेन्टको लिखत पारित भएको रेकर्ड छ । यि सबै अपार्टमेन्ट पनि ऋण लगायतका प्रयोजनको लगि रोक्का गरिएको हो ।


भूमि ब्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेष नारायण पौडेलका अनुसार १८ दिनमामात्रै देशभर १५ हजार १ सय ४२ घररजग्गा रोक्क भएका छन् । आर्थिक कारोबार ठप्प भयो भन्दै लकडाउनकै बखत रोक्का तथा फुकुवाका मागसमेत आएको तर कार्यालय असार १ गतेदेखि खुलेपछि रोक्का फुकुवाको क्रम ह्वात्तै बढेको पौडेलले बताए ।


लकडाउन अघि जग्गा रजिष्ट्रेसन, किनबेचका कारोबार बढी हुने गरेकोमा लकडाउन खुकुलो भइ कार्यालय सञ्चालनमा आउन थालेपछि रोक्का तथा फुकुवा बढ्नु भनेको आर्थिक समस्या रहेको उनको दाबी छ ।

1

Scroll to Top