Banijya News

बाह्रबिसेका ७३ बाढी पीडित घरपरिवारलाई काग्रेसले दियो राहत समाग्री

1
1.1K Shares

काठमाडौं । बाढीबाट सर्वस्व गुमाएका ७३ परिवारलाई नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेत र क्षेत्रीय सभापति बालकृष्ण बस्नेतको विशेष सहयोगमा राहत वितरण गरिएको हो । रहातमा चामल, दाल, चिउरा, मस्यौरालगायत खाद्यान्न जम्बुका ३४ परिवारलाई र खागदल, सिरिसे, टार र रुम्टाका ३९ परिवार गरी ७३ परिवारलाई वितरण गरेको हो ।

बाढीपिडितको घर भोटेकोशी र यान्की खोलाले बगाएपछि उनीहरुलाई गाँसबासकै समस्या हुँदै आएपछि राहत वितरण गरिएको केन्द्रीय सदस्य मोहन बस्नेतले बताए । उनका अनुसार बाढी पहिरोमा परि आफन्त गुमाएका र बेपत्ता भएका परिवारलाई नगद राहत दिएको हो ।

आइतबार बाह्रबिसे ५ जम्बुमा मृतक र बेपत्ता सात परिवारलाई प्रति घरपरिवार ७ हजारको दरले नगद वितरण गरेका थिए, भने बाढीबाट पीडित २७ परिवारलाई दुई हजार नगदसहित खाद्यान्न राहत वितरण गरेका थिए ।

1

Scroll to Top