Banijya News

बाढी र पहिरोमा परी ८५ जनाको मृत्यु, ४६ जना बेपत्ता

1
1.1K Shares


काठमाडौं । मनसुन सुरु भएयता बाढी र पहिरोमा परी ८५ जनाको मृत्यु भएका छन भने ४६ जना बेपत्ता भएका छन् । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा मुलुकका विभिन्न भागमा भएका बाढी र पहिरोका घटनाबाट १३४ घर पूर्णक्षति भएको गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने बताए ।


२०७२ को भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोक, गोरखा र रसुवालगायतका जिल्ला नै बाढीपहिरोबाट अति जोखिम बढी देखिएको सचिब न्यौपानेले बताए । बाढीपहिरोबाट १४ जिल्लाका ११ हजार घर उच्च जोखिमा रहेकामा ७०७ घर भने तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहेका छन् ।


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले बाढी र पहिरोबाट मध्यपहाडी र डुबानबाट तराईका जिल्ला अति जोखिममा रहेको बताएका छन् ।

गृहमन्त्री रामबहादुर थापाले प्राकृतिक प्रकोपका घटनापछिको राहत र उद्धारका लागि कानुन, संरचना, नीति र योजना निर्माणलाई वस्तुवादी र वैज्ञानिक बनाइँदै लगिएको समितिलाई जानकारी गराएका छन् ।

1

Scroll to Top