असार ३१, काठमाडौं ।
राष्ट्र बैंकले साउन १ गत देखि बैंकमार्फत कर बुझाउदा आय विवरण समेत बुझाउन मिल्ने व्यवस्था गर्न वाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ । साउन १ गते देखि मोवाइल एप्स तथा विद्युतीय माध्यमबाट कर बुझाउन सकिनेछ । यसरी मोबाइल एप्स, विद्युतीय माध्यम, तथा बैंकबाट कर बुझाउदा साना करदाताले आय विरवण समेत बुझाउने व्यवस्था गराउन राष्ट्र बैंकले बाणिज्य बैंकलाई निर्देशन दिएको हो ।
राष्ट्र बैंकले जारी गरेको सर्कुलरमा भनिएको छ, ‘आय विवरण तथा कर दाखिला फारम (डे १ आय विवरण फारम) भराइ सोही बमोजिम गराउन जानकारी गराउनुपर्नेछ ।’ यसले अब साना करदाताले मोवाइल एप्स तथा विद्युती माध्यमबाट कर तथा आय विवरण बुझाउन पाउने भएका छन् ।
आर्थिक वर्ष २०७७–०७८ को बुँदा नम्बर ३३३ मा उल्लेख गरिएको नीति कार्यान्वयन गर्न राष्ट्र बैंकले बाणिज्य बैंकलाई निर्देशन गरेको हो । उक्त बुदामा साना करदाताले (वार्षिक २० लाखसम्मको कारोबार गर्ने) आय विवरण र कर मोबाइल एप्स मार्फत तथा अन्य विद्युतीय माध्यम मार्फत बुझाउन सकिने र बैंकमार्फत कर भुक्तानी गर्दा आय विवरण समेत बुझाउने गरी व्यवस्था मिलाइने भनिएको थियो ।


