Banijya News

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु

1
1.1K Shares

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । बुधवार स्वास्थ्य मन्त्रालयमा भएका प्रेस विफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले एक जना पुरुषको मृत्यु भएको बताए ।
मृत्यु हुनेमा रौतहटका ३६ वर्षीय पुरुष रहेको र उनको आज दिउँसो साढे २ बजे उपचारका क्रममा निधन भएको हो ।

उनका दाजुको पनि भारतमा कोरोनाका कारण मृत्यु भएको थियो । एकै परिवारमा कोरोनाबाट मृत्युहुने यो नेपालको पहिलो परिवार हो । आज मृत्यु हुने समेत दाजुको अन्त्येष्टिमा समेल भएका थिए । उनी नेपाल आएपछि क्वारेन्टिनमा राखिएको थियो ।

स्वास्थ्यमा थप समस्या आएपछि बुधबार विहानदेखि उनलाई भेन्टिलेटरमा राखिएकाे थिए। त्यही रहेको समय उनमा स्वास्थ्य समस्या देखिएपछि युवकलाई असार २९ गते वीरगञ्जको नारायणी अस्पतालको आईसीयूमा भर्ना गरिएकोमा अस्पतालमै मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

1

Scroll to Top