रोजगारीको लागि खाडीमा काम गर्न गएका १६ नेपालीको एक हप्तामा मृत्यु भएको छ । कतार, कुवेत र यूएईमा रोजगारीका लागि गएका नेपालीको एक हप्तामा कोरोनाका कारण ज्यान गएको हो । गैरआवासीय नेपाली संघका अनुसार एक सातामा कतारमा ८, कुवेतमा ३ र यूएईमा ५ जना नेपालीले ज्यान गुमाएका हुन् ।
गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न १४ देशमा रहेका १ सय ६० जना नेपालीको कोरोनाका कारण ज्यान गएको छ ।
विश्वमा ३१ हजार ५ सय २१ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । संक्रमित हुनेमध्ये २८ हजार ६ सय ८१ जना निको भएर काममा फर्किएका छन् ।


