मोरङ – एक नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत चारजना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै वताारण त्रासदीपूर्ण भएको छ । प्रदेश कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार विहिवार थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो कार्यालयमा बुधबार मात्र एकजना प्रहरीमा संक्रमण देखिएको थियो । संक्रमण देखिएपछि २२ जनाको स्वाब संकलन गरिएको परीक्षणमा ४ जनामा कोरोना संक्रमण देखिएको हो ।
परीक्षणका लागि पठाइएका मध्ये १२ जना प्रदेश प्रहरी कार्यालय र अन्य १० जना बाहिरका प्रहरी कार्यालयमा कार्यरत थिए । संक्रमितको दर्जा र उमेर भने खुलाइएको छैन । सक्रमित चारैजना पुरुष हुन् । उनीहरुलाई उपचारका लागि कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना गर्ने गरिने भएको छ ।
प्रहरीमा धमाधम संक्रमण पुष्टि हुन थालेपछि प्रदेश प्रहरी कार्यालय बुधबारदेखि नै सिल गरिएको छ । आवतजावत र भेटघाट गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाउँदै कार्यालय सिल गरिएको छ । कार्यालयमा एकअर्काबिच भेटघाट तथा बाहिरबाट आवतजावत गर्नपूर्ण रुपमा रोक लगाइएको छ ।


