Banijya News

वरिष्ठ संगीतकार भोला जोशीको निधन

1
1.2K Shares

वरिष्ठ संगीतकार एवं वाद्यवादकका धनी सर्जक ओस्ताज भोला जोशीको हेटौंडामा आइतबार निधन भएको छ । मधुमेह र श्वासप्रश्वास रोगबाट ग्रसित ७८ वर्षीय जोशीको आइतबार निधन भएको हो ।

हार्मोनियम, बासुरी, तबला लगायत सबै किसिमका बाजा सीपयुक्त ढंगले बजाउने शास्त्रीय संगीतका ज्ञाता जोशीले २०२२ सालदेखि नै संगीत भरेका गीतहरु रेडियो नेपालमा बज्ने गरेका थिए ।

जोशीले नेपाल एकेडेमीमा वाद्यवादन प्रमुख भएर केही समय जिम्मेवारी सम्हाले पनि उनलाई लामो समय टिक्न दिएन ।
हेटौंडा उपमहानगरपालिका–९ मा रोटरी क्लब हेटौंडाले गत वर्ष उनी बस्नका लागि भवन निर्माण गरिदिएको थियो । उनको पत्नि, एक छोरा र २ छोरी छन् ।

1

Scroll to Top