Banijya News

प्रहरी प्रधान कार्यालय मा थप २८ प्रहरीमा कोरोना संक्रमण पुष्टि

1
1.1K Shares

श्रावण १६, काठमाडौं ।
प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप २८ जना प्रहरी कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार साँझ र शुक्रबार बिहानसम्म गरेर थप २८ जनामा संक्रमण पुष्टि भएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बताए ।

सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएका अन्यको स्वाब संकलन गरि परीक्षण गरिएको थियो । हालसम्म प्रहरी प्रधान कार्यालयका ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

1

Scroll to Top