Banijya News

जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवलाई कोरोना भाइरस संक्रमण

1
1.1K Shares

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । यादवले समाजिक संजालमा आफूलाई कोरोना संक्रमण भएको लेखेका छन् ।


“मैले आफ्नो पीसीआर जाँच गराउदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु । मेरो स्वास्थ्यमा कुनै समस्या भने देखिएको छैन”, सांसद यादवले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “आफूलाई आइसोलेट गरेर अहिले आराममा छु । कोरोनामुक्त भएर मेरो प्राणभन्दा प्यारो जनाताको सेवामा चाँडै फर्किने छु ।”


पछिल्ला दिनमा वीरगञ्जमा कोरोना संक्रमणदर निकै बढिरहेको छ । यसअघि वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीलाई पनि कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

1

Scroll to Top