Banijya News

विश्वमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या झण्डै सात लाख पुग्यो

1
1.1K Shares

 विश्वमा कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुने व्यक्तिको संख्या झण्डै सात लाख नजिक पुगेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार जानकारी दिए अनुसार ६ लाख ९२ हजार ७९४ व्यक्तिको मृत्यु भएको हो ।

विश्वभरमा ६० लाख ९७ हजार ३२१ व्यक्ति कोरोना भाइरस संक्रमित रहेकामा संक्रमितहरु मध्ये ६५ हजार ७५४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । यस्तै, आज विहानसम्म एक करोड १४ लाख ४३ हजार आठ सय ४४ जनाले कोरोना जितेका छन ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४८ लाख १३ हजार ६४७ जना कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ५८ हजार ३६५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । त्यस्तै,ब्राजिलमा ९४ हजार एक सय ३०, भारतमा ३८ हजार एक सय ६८ जनाले कोरोनाबाट गुमाईसकेका छन् ।

1

Scroll to Top