काठमाण्डौ ।
नारायणी डेभलपमेन्ट बैंक लिमिटेडलाई समस्याग्रस्त वित्तीय संस्थाको सूचीबाट हटेको छ । चितवनको रत्ननगरमा मुख्य कार्यालय रहेको ख बर्गको नरायणीालाई नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दे समस्या ग्रस्त संस्थाको सूचीबाट हटाएको हो । उत्त बैंकलाई राष्ट्र बैंकको गत साउन ८ गतेको निर्णय अनुसार समस्याग्रस्त अवस्थाबाट सःसर्त फुकुवा गर्ने निर्णय गरेको हो ।
यसअघि राष्ट्र बैंकले २०७० साल चैत २७ गतेदेखि लागू हुने गरी उत्त सस्थालाई समस्या ग्रस्त सस्थाको रुपमा घोषणा गरेको थियो । नेपाल राष्ट्र बैंक ऐत २०५८ को दफा ८६ ‘ख’ बमोजिम निक्षेप स्वीकार गर्ने, कर्जा प्रवाह गर्ने, जमानत प्राप्त गर्ने लगायतका कारोबार गर्न नपाउने गरी नारायणी डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त वित्तीय संस्थाका रुपमा घोषणा गरेको थियो ।


