काठमाडौं— चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका एक चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै अन्य देखिएपछि ५ जना कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ । इन्टरनल मेडिसिन विभागका ती चिकित्सकलाई ज्वरो आउने, झाडापखाला लाग्ने लक्षण देखिएपछि बुधबार अस्पतालमा भर्ना गरी पिसिआर जाँच गरिएको थियो ।
उनको बिहीबार आएको रिर्पोटमा कोरोना पोजिटिभ देखिएको अस्पतालका कर्मचारी दिपक मुडभरीले बताए । उनका अनुसार अन्य चिकित्सक, नर्स र सरसफाई कर्मचारी गरी ५ जनालाई क्वारेन्टाइनमा राखिएको हो ।
वीर अस्पतालका निर्देशक डा केदार सेन्चुरीले भने,‘संक्रमण देखिने बित्तिकै जाँच गर्ने होइन, शरीरमा भाइरस प्रवेश गरी विकास हुन २÷३ दिन लाग्ने हुनाले एक भोली वा पर्सी क्वारेन्टाइनमा बसेका कर्मचारीको पिसिआर परीक्षण हुन्छ ।’
नियमित रुपमा बिरामी जाँच गरिरहेकाले ती चिकित्सकलाई अस्पतालबाटै संक्रमण सरेको हुन सक्ने अनुमान गरिएको छ । लकडाउन खुलेपछि वीर अस्पतालमा बिरामीको संख्या बढ्न थालेको छ ।


