काठमाडौँ – नेपाल इन्स्योरेन्स कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृतमा ईश्वर पोखरेल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत पोखरेललाई नियुक्त गरेको हो । उनी युनाइटेड फाइनान्सको नायब प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएर बसेका थिए ।
त्यस्तै बैठकले इन्स्योरेन्सको नायब महाप्रबन्धकमा निरज बस्नेतलाई नियुक्त गरेको छ । बस्नेत प्रिमियर इन्स्योरेन्सको फाइनान्स हेड थिए । कम्पनीले नायव प्रमुख कार्यकारी अधिकृत र नायव महाप्रबन्धक दुवै पदमा नयाँ नियुक्तीको लागि खुला प्रतिस्प्रर्धा गरेको हो ।


