सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल सुरु भएको छ । आगामी स्थायी कमिटीको बैठकमा प्रस्तुत हुने प्रस्तावको तयारी गर्ने विषयमा अध्यक्षद्वय छलफलमा बसेका हुन् ।
दुई नोतहरुबीच शुक्रबार बस्ने स्थायी कमिटी बैठक र त्यसमा पेश गर्ने सहमतिको प्रस्तावबारे छलफल हुने बताईएको छ ।
नेकपामा मन्त्रिपरिषद, प्रदेश सरकार फेरबदल गर्ने विषयमा पछिल्लो समय पुनः विवाद देखिएको छ । नेकपामा पछिल्लो समय देखिएको विवाद समाधान गर्न बनेको कार्यदलले दिएको सुझाव र कार्यान्वयनका विषयमा कसरी अघि बढ्दा उपयुक्त हुन्छ भन्नेमा पनि अध्यक्षद्वयबीच छलफल हुने बताइएको छ ।


