Banijya News

बडादशैंको उपलक्ष्यमा डिसहोमले ल्यायो डबल धमाका अफर

1
1.0K Shares


असोज ०४, काठमाण्डौ ।


डिशहोमले बडादशैंको उपलक्ष्यमा ग्राहकहरुलाई अझै बढी सेवा र सुविधा प्रदान गर्न भन्दै डिलर दाइको डिस्काउन्ट अफरलाई निरन्तरता दिने भएको छ । डिसहोमले २४ महिना रिचार्जमा डबल धमाका अफर ल्याएको हो ।


डिलर दाइको डिस्काउन्ट अफरअन्तर्गत ग्राहकले दुई वर्षको रिचार्ज गरे लक्की ड्रमा उपहार जित्ने दोब्बर मौका पाउनेछन् । योजनाअनुसार सातामा दुईजना भाग्यशाली ग्राहकले प्रतिव्यक्ति एक, एक लाख रुपैयाँ नगद उपहार प्राप्त गर्नेछन् ।


विक्ली लक्की ड्रको विजेताको घोषणा डिजिटल प्रणालीबाट ग्राहकहरुको डिशहोम सेट–टप बक्सको क्यास आईडीको आधारमा गरिनेछ । हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस च्यानल नं. १०० र रमाईलो टिभीमा लक्की ड्रको प्रत्यक्ष प्रसारण हुनेछ ।

1

Scroll to Top