Banijya News

गुडिरहेको ट्याक्टरबाट खसेर एकको निधन

1
1.1K Shares

गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ।

मेची राजमार्गअन्तर्गत फुङलिङ नगरपालिका–७ बहानन्दे सडकखण्डमा सोही ठाउँका २७ वर्षीय दीपेन्द्र ओख्राबुको आइतबार मृत्यु भएको हो।

डेबिट खिम्दिङ निर्माण कम्पनीको नाममा रहेको ना ६ त ३००० नम्बरको ट्याक्टरबाट खसेका ओख्राबुको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ट्याक्टर काबेलीबाट बालुवा बोकेर सदरमुकामतर्फ आइरहेको थियो। चालक फरार छन् भने ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

1

Scroll to Top