Banijya News

जनरल इन्स्योरेन्स कम्पनी नेपालको ३० लाख कित्ता आईपीओ आजदेखि विक्री खुला

1
1.2K Shares

११ असोज, काठमाण्डौ ।


जनरल इन्स्योरेन्स कम्पनी नेपालको ३० लाख कित्ता आईपीओ सर्वसाधारणका लागि आजदेखि विक्री खुला भएको छ । कुल कित्ताको ४ प्रतिशत कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरी ५ प्रतिशत कित्ता सामूहिक लगानीकोषलाई बाँडफाँट पश्चात बाँकी रहेको कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री खुला गरेको हो ।
छिटोमा असोज १४ र ढिलोमा असोज २५ गतेसम्म विक्रीमा रहने यो आईपीओ जनरल इन्स्योरेन्सले विक्री गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट भदौ २४ गते अनुमति पाएको थियो । यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
यो आईपीओको विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । नयाँ निर्जीवन बीमा कम्पनीको रुपमा सञ्चालित यस कम्पनीले बीमा समितिले तोके बमोजिम चुक्तापूँजी कायम गर्न आईपीओ निष्कासन गर्न लागेको हो ।
आईपीओ पश्चात यस कम्पनीमा सर्बसाधारण तर्फको ३० प्रतिशत र संस्थापकतर्फ ७० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।

1

Scroll to Top