११ असोज, काठमाण्डौ ।
नेपाल कृषि अनुसन्धान परिषद (नार्क) को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गरिएके छ । आइतबारको मन्त्रिपरिषदको बैंठकले नार्कको कार्यकारी निर्देशकमा डा.भण्डारीलाई नियुक्त गरेको हो ।
डा. भण्डारी यसअघि नार्कको उपनिर्देशक थिए ।
त्यसैगरी आइतबारको मन्त्रिपरिषद बैठकले नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरण सम्बन्धी सम्झौता गर्न इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यलाई अख्तियारी दिएको छ ।
नेपालस्थित इजरायली दूताबासले केहीवर्ष यता कृषि क्षेत्रमा सहयोग गर्ने आश्वासन दिँदै आएको थियो ।


