Banijya News

तारपिनको तेलमा पेट्रोल मिसाउने ट्याङ्कर चालक थानकोट प्रहरीको नियन्त्रणमा

1
1.1K Shares

महानगरीय प्रहरी बृत्त थानकोटले तारपिनको तेलमा पेट्रोल मिसावट गर्ने एक जना टयांकर चालकलाई नियन्त्रणमा लिएको छ । तारपिनमा पेट्रोल मिसाउने चालकलाई निगमको थानकोट डिपोबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

थानकोट डिपोका लागि भारतको बरौनीबाट २० हजार लिटर पेट्रोल लोड गरेर आएको ना ४ ख ३०८५ नम्बरको ट्याङ्कका चालक सचिन सुवेदीलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी बृत्त थानकोटले जनाएको छ । तरपिन भन्दा पेट्रोल झण्डै ५० रुपैया जति सस्तो हुने भएकाले गर्दा चालकदले धेरै कमाउँनको लागि पेट्रोल मिसाएको अनुमान प्रहरीको छ ।


नेपाल आयल निगम बाग्मती प्रादेशिक कार्यालय थानकोटका प्रमुख प्रदिप यादवका अनुसार सुवेदीले नक्कली ट्याङ्कीको चावी प्रयोग गरी चेम्बरको लक खोलेर तारपिन र पेट्रोल मिसावट गरेको बताए । आयल मिसावट गरेको अनुमान गरिएको छ । सुवेदी दुई साताको अवधिमा पेट्रोलमा मिसावट तथा चोरीमा संलग्न छैटौं व्यक्ति रहेका आयल निगमले जनाएको छ ।

यसअघि पेट्रोल चोरीमा संलग्न एक तथा पेट्रोलमा मिसावटको आरोपमा निगमको अमलेखगन्ज डिपोबाट तीन र थानकोट डिपोबाट एक जना चालक लाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

1

Scroll to Top