Banijya News

भायानेटले ल्यायो चाडपर्व अफर : ‘बडा दशैंमा बडा टिभी’

1
1.1K Shares

भायानेटले ‘बडा दशैंमा बडा टिभी’ अफर ल्याएको छ । विगत २० वर्षदेखि व्यावसायिक तथा व्यक्तिगत प्रयोजनका लागि इन्टरनेटको सेवा प्रदान गर्दै आएको भायानेटले नजिकिएको चाडपर्वलाई लक्षित गर्दै “भायानेट बडा दशैंमा बडा टिभी” योजना आफ्ना ग्राहकहरुका लागि ल्याएको हो ।
कम्पनीका अनुसार हिन्दू नेपालीहरुको महान चाड दशैं र तिहारको उपलक्ष्यमा ‘भायानेट बडा दशैंमा बडा टिभी’ नामक योजनामा ग्राहकहरुलाई टेलिभिजन सेट र क्यास भउचर प्रदान गरिनेछ । यस योजना अन्तर्गत, भायानेटका ग्राहकहरुले ४३ इन्चको स्काईवर्थ एलईडी टिभीको साथ ३० एमबीपीएस इन्टरनेटको वार्षिक प्लान र भायाटिभी सेवा मात्र रु. ४१ हजार ९ सय ९० रुपियाँमा प्राप्त गर्नेछन् ।

यस योजना अन्तर्गत, भायानेटका ग्राहकहरुले स्काइवर्थ लेड टिभीको साथ ३० एमबिपिएस इन्टरनेटको वार्षिक प्लान र भायाटिभी सेवा मात्र ४१ हजार ९९० रुपैयाँमा प्राप्त गर्नेछन् भने ३२ इञ्चको स्काइवर्थ लेड टिभीका साथ ३० एमबिपिएस इन्टरनेटको वार्षिक प्लान र भायाटिभी सेवा मात्र २८ हजार ९९० रुपैयाँमा प्राप्त गर्नेछन् ।

यति मात्र नभई भायानेटले ईसेवाको ६ सय ५० रुपैयाँ सम्मको क्यास भाउचर प्रदान गर्दैछ भने पुराना ग्राहकहरुले थप ६०० रुपैँया सम्मको छुट पनि प्राप्त गर्नेछन् । भायानेटको दावी छ कि ग्राहकहरुले यस अफरबाट टेलिभिजन सेटमा मार्केट रेटको दाँजोमा ३५ प्रतिशतभन्दा बढीको छुट पाउने छन्र भायाटिभीको सेवाका साथ अब युट्युब उपलब्ध हुने भएकोले अफरमा प्रदान गर्ने लेड टिभीमा स्मार्टटिभीको फिचरको मजा लिन सकिनेछ ।

1

Scroll to Top