Banijya News

टुरिष्ट बसको टिकट ‘अनलाइनमार्फत बुकिङ’ गर्न सकिने

1
1.0K Shares

नेपालमा नै पहिलोपटक टुरिष्ट बसको टिकट अनलाइनमार्फत बुकिङ गर्न सकिने भएको छ । टुरिष्ट यातायात व्यवसायीहरुले अनलाइन सिस्टमबाट पर्यटक सार्वजनिक यातायात सेवाको टिकट उपलब्ध गराउने भएका हुन्। 

टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान)ले आफ्ना सबै बसको टिकट अनलाइनमार्फत बिक्री गर्ने उद्देश्यले इलेक्ट्रोनिक्स कन्सर्न एण्ड रिसर्च सेन्टर (इसीआरसी) प्रालिसँग सम्झौता गरेको छ।

एक कार्यक्रमबीच टिबानका अध्यक्ष ईश्वरप्रसाद उपाध्याय तथा ईसीआरसीका अध्यक्ष संजीत पौडेलले बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार दसैँका लागि टिबानका पर्यटक सार्वजनिक यातायातका साधनहरुको अग्रिम बुकिङ अनलाइन सिस्टममार्फत शुरु गरिनेछ।

पछिल्लो समय विश्वव्यापी फैलिएको कोभिड–१९ मा स्वास्थ्य सुरक्षा पालना गर्दै स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षितरुपमा गन्तव्यस्थलसम्म पुऱ्याउनका लागि पर्यटक बसमा अनलाइन बुकिङ शुरु गरेको टिवानका अध्यक्ष शर्माले बताए ।

एसोसिएसनले यात्रु तथा पर्यटकहरुलाई आवश्यकताअनुसार विभिन्न स्थानहरुमा जानका लागि पर्यटन सार्वजनिक यातायात सेवा उपलब्ध गराउँदै आएको छ।

1

Scroll to Top