असोज १७, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार गरिएको पीसीआर परीक्षणमा आफूमा कोरोना पुष्टि भएको थापाले जानकारी दिए । उनले आफ्नो सम्पर्कमा आएका सबैजनालाई विशेष सावधानी अपनाउन आग्रह समेत गरेका छन् ।


