२९ असोज, काठमाण्डौ ।
सानिमा क्यापिटल लिमिटेडको पाँचौ वार्षिक साधारण सभा कात्तिक २१ गते हुने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय पुतलीसडक, काठमाडौंमा अपरान्ह २ बजे हुने भएको हो ।
कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन सहित सञ्चालक समितिले प्रस्ताव गरेको ८ दशमलव ५ प्रतिशत नगद लाभांश समेत पारित गर्नेछ ।


