०१ कार्तिक, काठमाण्डौ ।
राष्ट्रिय वाणिज्य बैकले आउदो दशै एवं तिहार लगायतको पर्वलाई मध्यनजर गर्दै आजबाट आफ्ना सम्पूर्ण शाखाहरु मार्फत विद्युतीय माध्यमवाट भुक्तानीको व्यवस्थालाई व्यापक तथा प्रभावकारी बनाउने प्रयोजनको लागि रा.वा.बैंककै पोइन्ट अफ सेल (पिओएस) को माध्यमवाट भुक्तानी सेवा शुरु गरेको छ ।
अब देशभर रहेको विभिन्न व्यवसायहरुमा राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रावाबैंककै पिओएसको माध्यमबाट रकम भुक्तानि गर्दा कारोबारमा अधिकतम १५ प्रतिशत वा एक हजार रुपैंया जुन कम हुन्छ सो रकम क्यासब्याक हुने छ ।
विश्वव्यापीरुपमा फैलिएको माहामारीवाट टाढा रहनको लागि समेत विद्युतीय भुक्तानी प्रणाली सहयोगी हुन सक्ने र यस प्रकारको प्रणालीबाट ग्राहकवर्ग, बैकको सेवाग्राहीहरु तथा समग्र समाजलाई अधिकतम फाईदा पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।
बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा २४१ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।


