Banijya News

कर्तव्य

1
1.1K Shares

हामी कोही जनक बनौंँ कोही बनौंँ बुद्ध
असल बाटो असल विचार मन पारौंँ शुद्ध
असल कर्म मानव धर्म कहिल्यै नभुलौँ
परोपकार सेवा सहयोग सधैँ सगैँ जुटौँ ।१।

छुनु हुन्न फोहोरमैला भुल्नु हुन्न बाटो
कटु वचन बोल्नु हुन्न मानवताको पाटो
हामी सबै मानव एउटै फेरि किन भेद
आफैँ सोचौँ आफै बुझौंँ गर्नु हुन्न छेद ।२।

मलाई प्यारो मेरो आगन मेरै फुलबारी
देश लाग्छ आगन मलाई रहरको वारि
राम्रो पार्न फाड्छु सधैंँ वनबुटा झाडी
म त जान्न देश छाडी खोला तरी पारी ।३।

किन मान्छे टाडा हुन्छन् आफ्नै नाता तोडी
किन कोही टाडा हुन्छन् गर्छन् सधैं गाली
म त जान्न आमा छोडी प्यारो न्यानो काख
गाली होइन ताली ठोक्दै नाच्छु साथी साथ ।४।

मलाई प्यारो आफ्नै घर आफ्नै धर्म भाषा
अवश्य नै शिखर यात्रा पूरा हुने आशा
झन्डा बोकी चुचुरोमा कहिले पुग्ने सब
देशको माया सबैलाई लागे हुन्थ्यो अब ।५।

1

Scroll to Top