०६, कार्तिक काठमाण्डौ ।
कुमारी बैंकले सेयरधनीहरुलाई १४ प्रतिशत लाभांश दिने भएको छ ।
बैंकको संचालक समितिको बैठकबाट आर्थिक वर्ष २०७६ र ७७ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर तथा ४ प्रतिशत नगद लाभांश दिने दिने निर्णय गरेको छ ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि लागू हुनेछ।
विगत २० वर्षदेखि आफ्ना देशव्यापी शाखा संजाल, एटिएम, विस्तारित काउन्टर लगायत शाखारहित बैंकिङ इकाईहरु मार्फत सेवा दिँदै आएको कुमारी बैंकको निक्षेप १ खर्ब २२ अर्ब र कर्जा लगानी १ खर्ब १५ अर्ब पुगेको छ ।


